राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या
राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसङ्ख्या २,९१,९२,४८० रहेको छ ।
– २०६८ सालको जनगणनाभन्दा २०७८ को जनगणनामा कुल जनसङ्ख्या १०.१८ प्रतिशतले बढेको ।
– २०७८ कोे जनगणनाअनुसार जनसङ्ख्या वृद्धिदर (सरदर वार्षिक) ०.९३ प्रतिशत रहेको ।
– २०६८ सालकोे जनगणनाअनुसार नेपालको जनसङ्ख्या २,६४,९४,५०४ थियो भने जनसङ्ख्या वृद्धिदर १.३५ प्रतिशत रहेको थियो ।
– केन्द्रीय तथ्याङ्क विभागले २०७८ कात्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन गरेको जनगणनाको प्रारम्भिक नतिजा २०७८ माघ १२ गते सार्वजनिक गरेको ।
जनगणना २०७८ को संक्षिप्त झलक
– कुल जनसङ्ख्या : २,९१,९२,४८०
– पुरुष जनसङ्ख्या: १,४२,९१,३११ (४८.९६ प्रतिशत)
– महिला जनसङ्ख्या: १,४९,०१,१६९ (५१.०४ प्रतिशत)
– जनसङ्ख्या वृद्धिदर: ०.९३ प्रतिशत
– सहरी जनसङ्ख्या: ६६.०८ प्रतिशत
– ग्रामीण जनसङ्ख्या: ३३.९२ प्रतिशत
– जनघनत्व:१९८ प्रति व.कि.मि.
– घरपरिवार सङ्ख्या: ६७,६१,०५९
– घरसङ्ख्या: ५६,४३,९४५
– प्रतिपरिवार औसत सदस्य: ४.३२ (सहरी क्षेत्र:४.२५ र ग्रामीण क्षेत्र ४.५५)
– विदेशमा अक्सर बसोवास गर्ने जनसङ्ख्या: २१,६९,४७८
– (पुरुष: १७,६३,३१५ अर्थात् ८१.२८ प्रतिशत, महिला: ४,०६,१०३ अर्थात् १८.७२ प्रतिशत)
भौगोलिक क्षेत्रगत आधारमा जनसङ्ख्या हिस्सा
– हिमाली क्षेत्र: ६.०९ प्रतिशत
– पहाडी क्षेत्र: ४०.२५ प्रतिशत
– तराई क्षेत्र: ५३.६६ प्रतिशत
प्रदेशगत जनसङ्ख्या
– प्रदेश १: ४९,७२,०२१ (१७.०३ प्रतिशत)
– मधेस प्रदेशः ६१,२६,२८८ (२०.९९ प्रतिशत)
– बागमती प्रदेशः ६०,८४,०४२ (२०.८४ प्रतिशत)
– गण्डकी प्रदेशः २४,७९, ६४५ (८.४९ प्रतिशत)
– लुम्बिनी प्रदेशः ५१,२४,२२५ (१७.५५ प्रतिशत)
– कर्णाली प्रदेशः १६,९४,८८९ (५.८१ प्रतिशत)
– सुदूरपश्चिम प्रदेशः २७,११,२७० (९.२८ प्रतिशत)
– सबैभन्दा बढी जनसङ्ख्या भएको प्रदेशः मधेस (६१,२६,२८८ (२०.९९ प्रतिशत)
– सबैभन्दा कम जनसङ्ख्या भएको प्रदेशः कर्णाली (१६,९४,८८९ (५.८१ प्रतिशत)
– सबैभन्दा बढी जनसङ्ख्या भएको जिल्लाः काठमाडौँ (२०,१७,५३२)
– सबैभन्दा कम जनसङ्ख्या भएको जिल्लाः मनाङ (५,६४५)
– सबैभन्दा धेरै जनसङ्ख्या भएका प्रमुख ५ जिल्लाः क्रमशः काठमाडौँ, मोरङ, रूपन्देही, झापा र सुनसरी
– सबैभन्दा कम जनसङ्ख्या भएका पाँच जिल्लाः क्रमशः मनाङ, मुस्ताङ, डोल्पा, रसुवा र हुम्ला
– सबैभन्दा बढी जनसङ्ख्या वृद्धिदर रहेको जिल्लाः भक्तपुर
– जनसङ्ख्या वृद्धिदर नेगेटिभ रहेको जिल्ला सङ्ख्याः ३२
– नगरपालिकाको आधारमा सबैभन्दा बढी जनसङ्ख्याः काठमाडौँ म.न.पा (८,६५,९०६)
– नगरपालिकाको आधारमा सबैभन्दा कम जनसङ्ख्याः डोल्पाको ठुलीभेरी न.पा. (१०,१८७ जना)
– गाउँपालिकागत हिसाबले सबैभन्दा बढी जनसङ्ख्या भएको गाउँपालिकाः वैजनाथ गा.पा. (बाँके, ७०,३१५)
– गाउँपालिकागत हिसाबले सबैभन्दा कम जनसङ्ख्या भएको गाउँपालिकाः मनाङको नर्पाभूमि गा.पा. (४२२ जना)
– नेपाल सरकारबाट घोषित २९३ वटा नगरपालिकामा रहेको जनसङ्ख्यालाई सहरी क्षेत्रको जनसङ्ख्या र ४६० गाउँपालिकामा रहेको जनसङ्ख्यालाई ग्रामीण क्षेत्रको जनसङ्ख्या मानी ग्रामीण तथा सहरी जनसङ्ख्याको वर्गीकरण गरिएको ।
– २०७८ को जनगणनाअनुसार तराईमा जनसङ्ख्या ३.९ प्रतिशतले वृद्धि भएको । २०६८ मा तराईमा कुल जनसङ्ख्या ५०.२७ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा ५३.६६ प्रतिशत पुगेको ।
– पहाडमा २०६८ मा ४३.०१ प्रतिशत रहेकोमा २०७८ मा ४०.२५ प्रतिशतमा झरेको ।
– हिमाली क्षेत्रमा २०६८ मा ६.७३ प्रतिशत हिस्सा रहेकोमा २०७८ मा ६.०९ प्रतिशत रहेको ।
भौगोलिक क्षेत्रको आधारमा प्रतिपरिवार औसत सदस्य
– हिमाली क्षेत्रः ४.२७ जना
– पहाडी क्षेत्रः ३.९५ जना
– तराई क्षेत्रः ४.६५ जना
– प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या सबैभन्दा कमः गण्डकी प्रदेश (३.६६ जना)
– प्रदेशगत आधारमा परिवारमा औसत सदस्य सङ्ख्या सबैभन्दा बढीः मधेस प्रदेश (५.१५ जना)
– जिल्लागत आधारमा औसत सदस्य सङ्ख्या सबैभन्दा कमः दोलखा जिल्ला (३.४१ जना)
– जिल्लागत आधारमा औसत सदस्य सङ्ख्या सबैभन्दा बढीः रौतहट, बारा, र कपिलवस्तु (५.५० जना)
गोरखापत्रबाट
nepal ko jansankhya 2078
total population of nepal 2078 census
population of nepal 2078 in nepali language
total male population of nepal 2078
total female population of nepal 2078
total population of nepal 2078 in nepali
nepal census 2078 result
cbs.gov.np nepal result
preliminary census report of nepal 2078
Post a Comment
Let me know if you have any questions.